छठपर्व धुमधामसँग मनाईदै
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २१ । तराई लगायत देशभर छठ पर्व सुरु भएको छ । विहिबार साँझ घरको पवित्र स्थानमा खिर र रोटी लगायतका प्रसाद छठी मातालाई चढाएपछि विधिवत रुपमा व्रत सुरु भएको छ । छठको मुख्य दिन शुक्रबार पवित्र जलाशय, नदी, तलाउमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जलाशयमै विताउने ब्रतालुहरुले शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिए पश्चात ब्रत समाप्त हुने जानकारहरु बताउँछन् । तराईमा बिभिन्न जलाशय, नदी तथा पोखरीमा छठको लागि आवश्यक तयारी र व्यवस्थापनको काम सुरु भएको छ । मधेशी समुदायमा मात्र मनाइने छठ पर्व केही वर्षयता देखि पहाडी समुदायले समेत मनाउन थालेका छन् । सरकारले छठ पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ । गृह मन्त्रालयले विहिबार साँझ सूचना प्रकाशित गरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघि कात्तिक २३ गते शनिबार छठ पर्व रहेको क्यालेण्डरमा उल्लेख थियो ।
No comments:
Post a Comment