Sunday, November 10, 2013

भोट नदिए अपाङ्ग र अन्धो हुने उम्मेद्वारको चेतावनी

भोट नदिए अपाङ्ग र अन्धो हुने उम्मेद्वारको चेतावनी
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २२ । आगामी संविधान सभा निर्वाचनमा उम्मेद्वारहरुले आ–आÇनै तरिकाले प्रचारप्रसार गरिरहेका छन् । आ–आÇना झण्डा फहराउँदै कसैले चुनावी सभा त कसैले चुनावी गेट अनि कसैले सवारी साधन र मोटरसाईकलको लर्को प्रदर्शन गरिरहेका छन् । तर सर्लाहीको क्षेत्र नं. ५ का प्रत्यक्षतर्फका स्वतन्त्र उम्मेद्वार अकलु रायले भने आÇनो प्रचारप्रसारमा एउटा साईकलमा आÇनो चुनाव चिन्ह अंकित झण्डा टाँगेर हिड्ने र केही पर्चापम्प्लेट वितरणको काम गरिरहेका छन् ।
झण्डै ३५ वर्षदेखि हरेक निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार खडा भईरहेका रायले आगामी संविधान सभाको निर्वाचनमा भने मतदातालाई चेतावनी समेत दिएका छन् । भैंसी (अर्ना) छापमा स्वतन्त्र रुपमा उठेका रायले मतदाता र प्रहरी प्रशासनलाई चेतावनी दिदै मत मागिएको पर्चापम्प्लेट  वितरण गरिरहेका छन् ।
रायले आफुलाइ मतदान नगर्ने मतदाताको आँखा अन्धो हुने, कान नसुन्ने र हातखुट्टा लुलो भइ अपाङ्ग हुने चेतावनी सहित पोस्टर छापेका छन् । त्यस्तै आफ्नो मतमा धाँधली भए  प्रहरी प्रशासनमा आवद्ध सबै अपुत्रो हुने चेतावनी समेत उनले दिएका छन् । रायले आफ्नो चुनाव प्रचार–प्रसार अभियानमा रक्सी, मासु र पैसा बाँडेर चुनावमा मत माग्ने सवैलाइ खबरदारी समेत गरेका छन् ।
मुसैली गाविस–८, गणेशिया निवासी रायले आफुले यसपटक जितिसकेको दावी गरेका छन् । ‘‘मलाई सबैले भोट दिने भनेका छन् ।’’ सदरमुकाम मलंगवामा भेटिएका उनले सर्लाही दैनिकसँग दावी गरे–‘‘मेरो आफन्त र परिवार कोही छैन, त्यसैले जितेभने जनताको लागि मरिमेट्ने छु ।’’
वि.सं ३०३५ सालतिर मकै छापबाट निर्वाचनमा भाग लिन सुरु गरेका राय निर्वाचन अधिकृतको कार्यालयले दिएको चुनाव चिन्ह टेवल, पलंग, हवाइजहाज चढ्दै हाल भैंसी डो¥याउन पुगेका छन् । मुसैली गाविसको अध्यक्षमा समेत पटक–पटक उठेको उनले बताए । ‘‘मेरो भन्ने आफन्त र परिवार कोही छैन ।’’ गहभरी आँसु पार्दै उनले भने–‘‘त्यसैले ०३५ साततिरदेखि जनताकै सहारा लिनका लागि हरेक निर्वाचनमा भाग लिईरहेको छु, सम्पत्ति पनि चुनाव लड्दालड्दै सकिन थाल्यो ।’’
नागरिक समाजका अगूवा उग्रकान्त झाले अकलु रायले पटक–पटक निर्वाचनमा भाग लिईरहेको उल्लेख गरे । ‘‘चुनावमा भाग लिदालिदै उनको पनि सम्पति सकियो होला र केही लाभ पनि हाँसिल गरेका होलान् ।’’ झाले भने–‘‘हबीको रुपमा उसले चुनाव लड्दै आएका छन् ।’’  निर्वाचन प्रचारप्रसारमा त्यस्तो चेतावनीयुक्त भनाईहरु राख्नु भनेको हाँस्यास्पद् बाहेक केही नहुने झाले बताए ।
गत संविधान सभा चुनावमा रौतहट क्षेत्र नं. १ मा स्वतन्त्र रुपमा उठेका उम्मेद्वार बबन सिंहले पनि आफूलाई नजिताईए फाँसीमा चढेर आत्महत्या गर्ने चेतावनी सहितको चुनाव प्रचारप्रसार गरेका थिए र अन्तत्वगत्वा उनले नै बाजी मारेका थिए । मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, नेपाली कांग्रेसका नेता नागेन्द्र राय, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल राय, मधेशी जन अधिकार फारेम नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादव, सोही क्षेत्रबाट विगतको संविधान सभाको निर्वाचनमा विजयी तमसपाका खोभारी राय, सद्भावनाका जिल्ला अध्यक्ष प्रमोद् साह लगायत उठेका कारण पनि अकलुको चेतावनी सहितको हाँस्यास्पद् भनाईहरुको प्रचार शैलीले कुनै फरक नपार्ने जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment