छठपर्व सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २३ । व्रतालुले शनिबार विहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि तराईको महत्वपूर्ण छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ ।
चतुर्थी तिथिदेखि सुरु भई षष्ठीका दिन शुक्रबार बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन शनिबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको हो । सप्तमीका दिन व्रतालुले बिहानी पख उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्वको समापन गरेपछि उनीहरूले प्रसाद ग्रहण गरी आÇनो उपवास तोड्छन् । यसलाइ ‘पारन’ भनिन्छ ।
छठका व्रतालुहरूले पूजासामग्रीहरू तयार गरि घरमा बनाइएको विशेष प्रकारको पकवान स्थानीय जलाशयमा पुगेर सूर्यलाई अर्घका रूपमा चढाएका थिए । आÇनो परिवारमा सुखशान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको इच्छा पूरा होस् भन्ने कामना सहित यो पर्व मनाइने परम्परा रहेको छ ।
जिल्लाका सदरमुकाम मलंगवा सहित जिल्लाका दक्षिणी क्षेत्र सहित उत्तरी क्षेत्रमा समेत स्थानीय जलाशयहरुमा छठका व्रतालुहरुले शुक्रबार साँझ अस्ताउँदो सूर्य र शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ चढाएका थिए । सरकारले शुक्रबार नै सार्वजनिक विदा समेत दिएको थियो ।
No comments:
Post a Comment