Sunday, November 10, 2013

क्षेत्रिय सुरक्षा अधिकारीको बैठक मलंगवामा

क्षेत्रिय सुरक्षा अधिकारीको बैठक मलंगवामा
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २३ । क्षेत्रिय सुरक्षा अधिकारीहरुको सहभागितामा शनिबार सदरमुकाम मलंगवामा जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
जिल्लामा निर्वाचनको लागि आवश्यक पर्ने सुरक्षा तयारीबारे क्षेत्रिय सुरक्षा अधिकारीहरुलाई जानकारी गराईएको र समिक्षा समेत गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए । ‘‘हामीबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था एवं निर्वाचनको तयारीबारे जानकारी दिने काम भयो ।’’ प्रजिअ घिमिरेले भने–‘‘उहाँहरुबाट समिक्षा सहित आवश्यक निर्देशन दिने काम भयो ।’’
अपरान्ह जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा क्षेत्रिय प्रशासन कार्यालय हेटौंडाका क्षेत्रीय प्रशासक श्रीरञ्जन लाकौल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरीका नायव महानिरीक्षक महाविर गुरुङ, राष्ट्रिय अनुसन्धानका क्षेत्रिय अनुसन्धान निर्देशक देवराज भट्ट, नेपाली सेना सिन्धुली स्थित सहायक बाहिनीपति अर्जुन श्रेष्ठ लगायत क्षेत्रिय स्तरका सुरक्षा अधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकमा विशेष आमन्त्रित रुपमा प्रधानमन्त्री कार्यालयका सचिव एवं सर्लाही र रौतहटका अनुगमनकर्ता राजुमान सिंह मल्ल, मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीको समेत सहभागिता रहेको थियो ।
बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, रिपुमद्र्धन गण नवलपुरका गणपति मनोज वैदवार, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धान सर्लाहीका प्रमुख माधव खतिवडा लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले जिल्लाको शान्ति सुरक्षाको अवस्था एवं आ–आÇना तर्फबाट भईरहेका प्रयासबारे जानकारी गराएका थिए । क्षेत्रिय प्रशासक लाकौल सहित क्षेत्रिय सुरक्षा अधिकारीहरुले निर्वाचन सुरक्षामा विशेष सजगताका साथ काम गर्न  र तयारीमा कुनै कञ्जुस्याँई नगर्न निर्देशन दिएको जिल्ला स्थित एक सुरक्षा अधिकारीले बताए ।
प्रजिअ घिमिरेको कार्यकक्षमै भएको बैठक झण्डै दुईघण्टा चलेको थियो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, प्रशासकिय अधिकृत पवन सुवेदी लगायत प्रशासनका अधिकारीहरु समेत रहेका थिए । अपरान्ह १ बजे आएका क्षेत्रिय सुरक्षा अधिकारीहरुको टोलीले जिल्ला प्रहरी कार्यालयमा खानपीन गरेपछि प्रशासन कार्यालयमा बैठक बसेको थियो । सिन्धुली, महोत्तरी र धनुषामा सुरक्षाको अवस्था एवं आवश्यक निर्देशन दिएर सर्लाही आइपुगेको क्षेत्रिय सुरक्षा अधिकारीहरुको टोली शनिबार साँझ रौतहटतर्फ लागेको छ ।

No comments:

Post a Comment