Tuesday, November 12, 2013

‘बैद्य’ खोज्न उखुबारीमा छापा

‘बैद्य’ खोज्न उखुबारीमा छापा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २६ । उखुबारीमा संकास्पद व्यक्तिहरु रहेको खबर पाएपछि हरिवन प्रहरीले मंगलबार उखुबारी छापा मारेका छन् ।
हरिवन–७ स्थित हरिवन अस्पताल नजिकको उखुबारी भित्र हतियार सहितका नकावधारी व्यक्ति रहेको खबर पाएपछि सुरक्षा निकायको टोलीले छापा मारेका थिए ।
इलाका प्रहरी कार्यालय हरिवनले अपरान्ह घाँस काट्ने क्रममा केही महिलाहरुले उखुबारी भित्र हतियारधारी व्यक्ति देखेपछि ‘डाका आयो’ भन्दै सडकमा निस्किएर हल्ला गरेका र तत्काल प्रहरी परिचालन भई सम्पूर्ण उखुबारीमा खोजिकार्य गरिएको तर कोही फेला नपरेको जनाएको छ ।
उखुबारीभित्र कालो कपडा एवं माक्स लगाई खुकुरी सहितका हतियार भएको व्यक्ति रहेको जनाउदै महिलाहरु तर्सेर भागेका प्रहरीले जनाएको छ । निर्वाचन विरुद्ध हडतालमा उत्रिएका नेकपा–माओवादी वैद्य नेतृत्व मोर्चा कार्यकर्ता बन्द सफल पार्न आएका हुनसक्ने प्रहरीको अनुमान रहेको छ । हरिवनमा संकास्पद व्यक्तिहरु देखा परेकाले राजमार्ग आसपासका पाँचसय मिटर भित्रका क्षेत्रसम्मको सुरक्षामा कडाई गरिएको इलाका प्रहरी हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकर सिंह रावलले बताए । रावलले भने –‘संकास्पद व्यक्ति देख्ने वित्तिकै सुरक्षाकर्मीले नियन्त्रणमा लिने छन् ।’

No comments:

Post a Comment