Tuesday, November 12, 2013

बरहथवामा कांगेसको आमसभा

बरहथवामा कांगेसको आमसभा
सर्लाही समाचारदाता
बरहथवा, कात्तिक २६ । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले बुधबार केन्द्रिय नेताहरु उतारेर बरहथवामा आमसभा गर्ने भएको छ ।
कांग्रेस उम्मेद्वार एवं केन्द्रिय सदस्य मिना पाण्डेलाई मत माग्ने क्रममा आमसभा गरिने भएको कांग्रेस क्षेत्र नम्बर ३ का प्रचार प्रसार संयोजक दिपक रानाभाटले जानकारी दिए ।
रानाभाटका अनुसार आम सभामा कांग्रेस नेताहरु क्रमशः प्रदिप गिरी, डा. मिनेन्द्र रिजाल, डा. दिला संग्रौला, अब्दुल सतार, कमला पन्त, लिला कोइरालाले सम्बोधन गर्ने भएका छन् । सभामा कांग्रेस यूवा नेता गगन थापा र चित्रलेखा यादव आउने संभावना समेत रहेको बताइएको छ । त्यसैगरी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बुधबार विहान कर्मैयामा राजनैतिक कार्यकर्ता एवं पत्रकारसँग भेटघाट कार्यक्रम राखेका छन् ।
उपसभापति पौडेल विराटनगर जाने क्रममा कर्मैयामा कार्यकर्ता एवं पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम राखिएको प्रचार संयोजक रानाभाटले जानकारी दिए ।

No comments:

Post a Comment