Sunday, November 10, 2013

एमालेको जीपमा आगजनी

एमालेको जीपमा आगजनी
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २३ । नेकपा एमालेको प्रचारप्रसारमा प्रयोग भईरहेको एक भारतीय नम्बर प्लेटको जीपमा शुक्रबार राती अज्ञात व्यक्तिहरुले आगो लगाएका छन् ।
राती साँढे ११ बजे सदरमुकाम मलंगवा स्थित जिल्ला जनस्वास्थ्य कार्यालय नजिक आÇनै घरअगाडी पार्किङ्ग गरी छाडिएको चन्देश्वर पण्डितको बीआर–५२–२८३८ नम्बरको भारतीय जीपमा ११ बजेर ४० मिनेटमा आगो लगाईएको हो । नेकपा एमाले क्षेत्र नंं. ४ का उम्मेद्वार राजनारण साहले विपक्षीहरुले रिसइबीका कारण आगो लगाएको दावी गरे। जिल्ला प्रशासन कार्यालय नजिक भएको आगलागी कसले र किन लगायो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट जीपको अगाडी र पछाडी भागका सिटहरु जलेका छन् भने सिसाहरु फुटेको छ । उक्त जीप एमाले उम्मेद्वार साहको प्रचारप्रसारमा प्रयोग भईरहेको थियो । आÇना शुभचिन्तक पण्डितले कार्यकर्ता चढ्नका लागि उक्त जीप प्रयोग गरिरहेको उम्मेद्वार साहले बताए ।
निर्वाचनको विरोध गर्दै आईरहेका नेकपा–माओवादी नेतृत्वको समूहमा आवद्ध व्यक्तिहरुले आगो लगाएको हुन सक्ने अनुमान गरिएपनि त्यसबारे एकिन भईनसकेको प्रहरी स्रोतले जनायो । मुलुकका विभिन्न स्थानमा कतिपय राजनैतिक दल एवं उम्मेद्वारहरुको चुनाव प्रचारप्रसारमा प्रयोग भईरहेको सवारीसाधनमा आगो लगाउने घटनाहरु भईरहेका    छन् । घटनाबारे गम्भिर रुपमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।

No comments:

Post a Comment