Tuesday, December 10, 2013

मानव अधिकार दिवसमा प्रभातफेरी

मानव अधिकार दिवसमा प्रभातफेरी
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर २५ । ६५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार लालबन्दीमा प्रभातफेरी र कोणसभा भएको छ ।
एमनेष्टी इन्टरनेशनल समूह ७८ को आयोजनामा लालबन्दी बजारमा प्रभातफेरी एवं कोणसभा भएको हो । विहान लालबन्दी बजारमा मानव अधिकार बारे लेखिएका प्लेकार्ड प्रदर्शन सहित प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरी कोणसभामा परिणत भएको थियो । कोणसभालाई एमनेष्टी इन्टरनेशनलका केन्द्रीय सदस्य चेतबहादुर मगर लगायतले सम्बोधन गरेका थिए । त्यस्तै शान्तिदिप युथ नेटवर्क र जनज्योती युथ नेटवर्कले १ सय ५० जनाको हस्ताक्षर संकलन गरेर एमनेष्टी इन्टरनेशनलको केन्द्रीय कार्यालयमा पठाएको छ । आस्थाका बन्दीहरु रिहाईको माग राखेर संकलन गरिएको हस्ताक्षर केन्द्रीय कार्यालय पठाईएको केन्द्रीय सदस्य मगरले बताए ।

No comments:

Post a Comment