दुई ठाउँबाट नागरिकता प्रदान
लालबाबु राय÷सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १९ । जिल्ला प्रशासन कार्यालयले नयाँ र प्रतिलिपी नागरिकता अलग–अलग स्थानबाट प्रदान गर्न थालेको छ ।
नयाँ र प्रतिलिपि नागरिकता एकै ठाउँबाट प्रदान गर्दा कठिनाई भएपछि वितरण काउन्टर थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
जिल्लामामा माओवादी द्धन्द्धका समयमा नागरिकताको प्रमाणहरु जलेको कारण अनिवार्य प्रतिलिपि निकाल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले सुचना निकालेपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको छ । भिड बढ्नाले नयाँ नागरिकता बनाउनमा कठिनाई भएको गुनासो आएपछि काउन्टर थप गरिएको प्रशासन श्रोतले जनाएको छ ।
जिल्ला प्रशासनको प्रांगणमा अब दुई ठाउँबाट नागरिकता दिइने छ । एक स्थानबाट नयाँ र अर्को ठाउँबाट प्रतिलिपि प्रदान गर्नेक्रम मंगलबार देखि सुरु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पवन सुवेदीले जानकारी दिए ।
No comments:
Post a Comment