Wednesday, December 4, 2013

सहज रुपमा यातायात सञ्चालन

सहज रुपमा यातायात सञ्चालन
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर १९ । सडकमा बिग्रिएर रहेको ट्रक हटाएपछि पूर्व पश्चिम राजमार्गमा दुईतर्फी रुपमा यातायात सञ्चालन भएकोे छ ।
दुर्घटनामा परि ट्रक सडकमा नै बिग्रिएपछि बुधबार अपरान्ह सम्म यातायात सञ्चालनमा समस्या भएको थियो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. ३ ख ९२५ नम्बरको ट्रकले बिपरित दिशाबाट आएको ना ४ ख ८४४५ नम्वरको बसलाई ठक्कर दिँदा बसमा समान्य क्षति पुगेको थियो । त्यस्तै बसलाई ठक्कर दिने ट्रकलाई पछाडिबाट आईरहेको ना ५ ख ११४७ नम्वरको ट्रकले ठक्कर दिँदा सो ट्रक पुल मुनि खसको छ भने ठक्कर दिने ट्रक बिग्रिएर सडक ढाकेकोले अबरुद्ध भएको थियो । लालबन्दी र नेत्रगन्जको सिमानामा पर्ने कर्मा पुलामा गएराती दुर्घटना भएको हो ।
त्यसैगरी औरही ७ मा सडकमा रोकी राखिएको गाडाको चक्का पडकँदा रिङको ठक्करले एक महिला गम्भिर घाईते भएकी छिन् ।
औरही ७ सगरदिना टोलमा रामकैलाश महतोको गाडा सडक छेउमा रोकी राखेको अवस्थामा अचानक पडकिँदा रिङ निस्केर बाहिर आउँदा सडकमा हिडिरहेकी सोही टोलकी कुमारीया देवी राम घाईते भएकी छिन् । रामकी बाँया खुट्टामा गम्भिर चोट लोगको छ । रिङले लागेर रामको खुट्टामा लाग्दा हाड भाँच्चिनुको साथै मांसपेशी समेत बाहिर आएको छ । घाइतेको मलंगवामा प्राथमिक उपचार पश्चात विरगंज पठाएको रामकी पति विलास रामले जानकारी दिए ।

No comments:

Post a Comment