Saturday, January 4, 2014

युवाले गरे सार्वजनिक स्थलको सफाई

युवाले गरे सार्वजनिक स्थलको सफाई
सर्लाही समाचारदाता
जब्दी, पुस २० ।  जब्दी ५ हरिभवन नयाँटोलका स्थानीय युवाहरुले शनिवार गाउँमा रहेको सार्वजनिक स्थलको सरसफाई गरेका छन् । नयाँ टोल सुधार समितिका ५० जना युवाहरु मिलेर सार्वजनिक स्थलको सरसफाई गरेका हुन् ।
समितिका अध्यक्ष मौसम चौधरीको नेतृत्वमा गाउँमा रहेको चौतारो, जानकी मन्दिर, ब्रम्हस्थान र बाटोघाटो सरसफाई गरिएको हो ।
गाउँका सार्वजनिक स्थलहरु अत्यन्त फाहोर भएपछि आफुहरु सक्रिय भएर सरसफाई गरेको समितिका सचिव उमेश दाहालले जानकारी दिए । सरसफाई कार्यमा स्थानीय पूर्ण किराना पसल र भण्डारी ढुवानी सेवाले समेत सहयोग गरेको युवाहरुले जनाएका छन् । सो समितिले गाउँ टोलमा विभिन्न सार्वजनिक काम गर्दै आएको छ ।

No comments:

Post a Comment