Wednesday, January 15, 2014

नारायण स्मृतीमा सम्मान र पुरस्कार

नारायण स्मृतीमा सम्मान र पुरस्कार
सर्लाही समाचारदाता
हरिवन, पुस २९ ।  २२औँ नारायण उपे्रती स्मृती दिवसको अवसरमा सोमवार हरिवनमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा  नारायण स्मृती प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
यस अवसरमा हरिवन गाविसको प्राङ्गणमा जिल्लाका नवनिवार्चित सभासदहरुलाई स्वागत, विद्यार्थीलाई सम्मान र उप्रतीको सालिकमा माल्यार्पण गरिएको छ । कार्यक्रममा जिल्लाका पाँचजना सभासद् एमालेकी कमलादेवी महतो, हरि उप्रेती, रंजना सरकार, रामदुलारी देवी र कांग्रेसका रामचन्द्र चौधरी लाई सम्मान गरिदै ‘राम्रो र हाम्रो संविधान’ लेख्नका लागि डायरी र कलम उपहार प्रदान गरिएको थियो ।
त्यसैगरी मजउमावि हरिवनबाट एसएलसी तर्फ सर्वाेत्कृष्ट अंक ल्याउने कुम्भ सिंह ब्लोन र रञ्जु पोखरेल तथा ‘प्लसटु’बाट उत्कृष्ट मोहमद रफिलाई पुरस्कृत गरिएको थियो भने चजउमावि सुखेपोखरीका एसएलसीमा उत्कृष्ट अंक ल्याउने सुदिप नेपाली र ‘प्लसटु’ तर्फ उत्कृष्ट अंक ल्याउने रुद्रप्रसाद सिग्देललाई जनही नगद दुईहजार पाँच रुपैयाँ सहित सम्मान गरिएको थियो ।
राजकुमार उप्रेतीको सभापतित्व भएको कार्यक्रममा एमाले अञ्चल सदस्य रेवती पन्त, जिल्ला अध्यक्ष मनोज देवकोटा, सचिव डिल्लीप्रसाद उप्रेती, गणेश प्रसाई, सिताराम पोखरेल तथा कांग्रेसका शम्भु शर्मा, राप्रपाका बेदबहादुर बुढाथोकी लगायतका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
२०४६ सालका जन योद्धा उपे्रतीको २०४९ साल पुष २९ गतेका दिन प्रहरीको यातनाको क्रममका ज्यान गएको थियो । उहाँको सम्झनामा हरेक वर्ष प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष राजकुमार उपे्रतीले जानकारी दिए । स्वार्गिय उपे्रती हरिवन गाविसको तत्कालिन गाविस अध्यक्ष समेत थिए ।

No comments:

Post a Comment