कुशवाहा समुदायका सभासद् सम्मानित
सर्लाही समाचारदाता
नवलपुर, पुस २९ । दोस्रो संविधान सभामा कुशवाहा समुदायको तर्फबाट चयन भएका सर्लाही निवासी दुईजना समानुपातिक सभासदलाई सोमबार एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
कार्यक्रममा कुशवाहा समुदायकै कार्यालय प्रमुखलाई समेत सम्मान गरिएको थियो । नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद्मा चयन भएका बरहथवा निवासी हरेस महतो तथा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद् चयन भएकी कमलादेवी महतोलाई दोसल्ला ओढाएर नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले सम्मान गरेको हो ।
त्यस्तै मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहतालाई समेत समाजले दोसल्ला ओढाएर सम्मान गरेको थियो । नवलपुर स्थित वागवानी केन्द्रमा अपरान्ह आयोजित एक समारोहबीच समानुपातिक सभासद् र कार्यकारी अधिकृतलाई सम्मान गरिएको समाजका क्षेत्र नं. २ का अध्यक्ष राजचन्द्र कुशवाहले जानकारी दिए ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष लक्ष्मण सिंह कुशवाहा, तराई मधेश सद्भावना पार्टी नेपालका जिल्ला अध्यक्ष एवं कुशवाह समाजका संस्थापक जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहा लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment