सञ्चार सहकारीको साधारण सभा
सर्लाही समाचारदाता
लालबन्दी, पुस २७ । सामुदायिक रेडियो एकता लालबन्दीको सञ्चालक सहकारी संस्था सामुदायिक सञ्चार एकता सहकारी संस्था लिमिटेड लालबन्दीको शनिबार चौथो साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता एवं पंडित नारायण शरण काÇलेको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन समारोह भएको थियो । ढुकढुकी एफएम लालबन्दीका अध्यक्ष माधव सुवेदीको विशिष्ट आतिथ्यता रहेको सभामा संस्थाका कोषाध्यक्ष कुवेर आचार्यले स्वागत गरेका थिए ।
सभामा संस्थाका आजिवन सल्लाहकार समिती सदस्य पुष्कर घिमिरे, शेयर सदस्य एवं नेपाल मजदुर किसान पार्टी सर्लाहीका अध्यक्ष गोविन्द महत लगायतले मन्तव्य राखेका थिए । संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो एकतामा निरन्तर उत्कृष्ट काम गर्ने तीन जना कर्मचरी सहित समाजमा विशेष योगदान पु¥याउने अन्य तीन जनालाई समेत सम्मान गरिएको छ ।
रेडियोमा उत्कृष्ट काम गर्ने समाचार वाचिका तथा कार्यक्रम सञ्चालिका शान्ति ढुंगाना, प्राविधिक अमर चौधरी र सहयोगी दुर्गा घिमिरेलेलाई सम्मान गरिएको हो ।
त्यस्तै महिलाको क्षेत्रमा विशेष योगदान पु¥याए बापत ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष सुधा चालिसे, रेडियोका विज्ञापनदाता रिद्धी सिद्धी रिकन्डीसन हाउसका सञ्चालक ईश्वरी घिमिरे र रेडियोका आजिवन सदस्य पुष्कर घिमिरेलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा सञ्चालक समितीका सदस्य, सेयर सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको संस्थाका उपाध्यक्ष एवं स्टेशन म्यानेजर कृष्णप्रसाद थपलियाले जानकारी दिए ।
No comments:
Post a Comment