Sunday, February 16, 2014

वर्षाबाट किसानमा खुसियाली

वर्षाबाट किसानमा खुसियाली
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०२ । सर्लाही सहित तराई क्षेत्रमा शुक्रवार  भएको वर्षा बाट किसानहरुमा  खुशीयाली छाएको छ । वर्षाले हिउँदे बालीमा निकै फाईदा पुगेकाले किसानहरु खुशी भएका  जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका बाली विकास अधिकृत रामप्रकाश महतोका अनुसार सामान्य वर्षा भएपछि चना, मुसुरो, लहरी, गहुँ, तरकारी लगायत अन्य बालीमा निकै फाईदा पुगेको छ । माघ–फागुनमा हुने वर्षाले कुनै बालीमा क्षति नपुग्ने कृषि प्राविधिकहरुको भनाई छ । सिँचाईको अभावमा मर्न लागेका बालीनालीमा यसले ठुलो राहतको काम गरेको प्राविधिकहरुको कथन  छ ।

No comments:

Post a Comment