Tuesday, February 11, 2014

मूल्यमा संघको आपत्ती

मूल्यमा संघको आपत्ती
सर्लाही समाचारदाता
धनकौल, माघ २८ । अन्नपूर्ण सुगर उखु उत्पादक किसान संघ धनकौलले किसानहरुलाई तत्काल चालनी पत्र दिन माग गरेको छ ।
संघले मंगलवार प्रेस विज्ञप्ती प्रकाशित गरी अन्नपूर्ण सुगर मिल एण्ड केमिकल ईन्डट्रिचले किसानलाई चनाली पत्र नदिई ठेकेदार मार्फत सस्तो दरमा उखु खरिद गरेको प्रति आपत्ती जनाएको छ । संघका अध्यक्ष विवेक कुमार सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उद्योगले किसानहरुलाई चलानी पत्र नदिईकन ठेकेदार मार्फत प्रतिक्यून्टल तीन सय रुपैयाँमा उखु खरिद गरेको प्रति आपत्ती जनाएको छ ।
उद्योग प्रसाशन तथा उद्योगीले सो कार्य तत्काल नरोकेमा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।  उद्योग एकमहिना अघिबाट जिल्लाको दोस्रो चिनी उद्योगको रुपमा सञ्चालनमा आएको थियो ।

No comments:

Post a Comment