Tuesday, February 11, 2014

उखुको मुल्यमा आज वार्ता हुँदै

उखुको मुल्यमा आज वार्ता हुँदै
सर्लाही समाचारदाता
हरिवन, माघ २८ । उखुको मूल्य निर्धारणका विषयमा उखु उत्पादक किसान र चिनी उद्योगीबीच बुधवार हेटौडामा वार्ता हुने भएको छ ।
यस अघि दुईपटक भएका वार्ता सहमतीमा पुग्न नसकेपछि फेरी तेश्रो पटक वार्ता हुन लागेको हो ।  माघ भित्रमा मूल्य तोक्ने गरी उखु उत्पादक किसान र चिनी उद्योगीबीच उखु क्रसिङ भने थाल्ने सहमती अनुसार चिनी उद्योगहरु सञ्चालन गरिएको थियो ।
यसैबीच बुधवार हुने वार्ताका लागि तयारी स्वरुप मंगलवार सर्लाहीका उखु किसान सम्बद्ध संघ संगठनका प्रतिनिधीहरुले आपसमा छलफल गरेका छन् । वार्तामा किसान प्रतिनिधीको आवाज एउटै होस् भन्ने उद्देश्यले किसान हक हित संघ र  मिलगेट उखु उत्पादक समितीबीच छलफल भएको हो । छलफलमा वार्तामा बस्दा गतवर्षको मूल्य भन्दा १० प्रतिशत बढी राखेर माग गर्ने सहमती भइको समितिका अध्यक्ष वेदवहादुर वुढाथोकीले जानकारी दिए । यस वर्ष किसानले उखुको मूल्य कम्तीमा गत वर्षको  प्रति क्विन्टल ४ सय ८१ रुपैयाँ माग गरेका छन भने उद्योगीहरुले भने मुल्य घटाउनु पर्ने बताउदै आएका छन् ।
यस अघि उखुका मूल्य निर्धारण गर्नका लागी पहिलो चरणमा काठमाण्डौ, दोस्रो चरणमा हेटौँडा र तेस्रो चरणमा वीरगंजमा उद्योगी र किसानका प्रतिनिधीहरु बीच छलफल भएको थियो । वीरगंजमा भएको छलफल बाट किसानहलाई प्रति क्विन्टल उखुमा चारसय रुपैयाँ पेस्की दिने गरी उखु क्रसिङ गर्ने र माघको अन्तिम हप्तामा मूल्यका विषयमा छलफल गर्ने निर्णय भएको थियो ।

No comments:

Post a Comment