चर्पी नहुनेले गाविसको सेवा नपाउने
सर्लाही समाचारदाता
बेला, माघ २८ । बेला गाविसमा मंगलबार भएको सर्वपक्षीय भेलाले ११ सदस्यीय गाउँ सरसफाई समिति गठन गरेको छ ।
गाविस सचिव हरिकान्तलाल कर्णको अध्यक्षतामा ११ सदस्यीय समिती गठन भएको हो । समितीले गाउँलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि विविध क्रियाक्लाप गर्ने निर्णय समेत भएको समितीका अध्यक्ष एवं गाविस सचिव कर्णले बताए ।
राजनैतिक दलका स्थानीय नेता, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, व्यापारी, स्थानीय सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि लगायत उपस्थित भेलाले गाउँलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि विविध क्रियाक्लाप गर्न समिती गठन गरेको हो । समितीमा पुरुषोतम चौधरी उपाध्यक्ष, सन्तोषकुमार पाण्डे सचिव, लक्ष्मीदेवी चौधरी कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा सोनेलाल साह, चम्पादेवी माझी, माधोलाल चौधरी, पारसनाथ साह, रामदुलार साह, मोतिलाल चौधरी रहेका छन् ।
समितीमा रहेका पदाधिकारी एवं सदस्यले मंगलबारदेखि १ महिनाभित्र आ–आÇनो घरमा सौचालय बनाउनुपर्ने र २०७१ साल असार मसान्त भित्र गाउँका सबै बासिन्दाले आ–आÇनो घरमा सौचालय बनाउनुपर्ने निर्णय समेत भेलाले गरेको छ । २०७१ असार मसान्त भित्र आ–आÇनो घरमा सौचालय नबनाउनेलाई २०७१ साउन १ गतेबाट गाविसबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय समेत भेलाले गरेको गाविस सचिव कर्णले बताए ।
सचिव कर्णका अनुसार गाउँलाई खुला दिशामुक्त बनाउनका लागि बुधबारबाटै स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सुरु गर्नेछ । खुला दिशा हुने स्थानहरुमा साँझ–विहान सिठ्ठी, टिन, घण्टी बजाउने, जनचेतनामूलक ¥याली, सडक नाटक, तालिम आदि क्रियाक्लापहरु गर्ने निर्णय समेत भेलाले गरेको छ ।
भेलाले गाउँलाई खुला दिशामुक्त बनाउनका लागि विभिन्न नाराहरु समेत तय गरेको छ । आÇनो घरमा चर्पी बनाऔं, चर्पीमा दिशा गर्ने बानी बसालौं, गाविसलाई खुला दिशामुक्त क्षेत्र बनाऔं, खाना खानु अघि र दिशा गरेपछि साबुन पानीले हात धुने बानी बसालौं, सफा, स्वच्छ र सुन्दर गाविस बनाऔं लगायत नाराहरु तय गरिएको सचिव कर्णले बताए ।
गत शनिबार सम्पन्न जिल्ला सरसफाई सम्मेलनले सर्लाहीलाई २०७२ साल चैत मसान्त भित्र खुला दिशामुक्त क्षेत्र बनाउने गरि १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको थियो । सोही घोषणापत्रलाई सघाउनका लागि सम्पूर्ण गाविस सचिवहरुलाई आ–आÇनो गाविसमा क्रियाक्लाप अगाडी बढाउन गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष समेत रहेका कर्णले आग्रह गरे ।
त्यसैगरी खुल्ला दिशामुक्त घोषणा कार्यान्वयनका लागि कालिन्जोर गाविसमा पनि सरसफाई अभियान शुरु गरिएको छ । अभियानको अवसरमा मंगलवार स्थानीयवासीहरुले वडा नम्वर १ देखि ७ रहेको खोल्सी सम्म सडक सरसफाई गरेका हुन् । त्यस्तै कालिन्जोर गाविसमा तीव्र रुपमा शौचालय निमार्ण गर्ने क्रम पनि शुरु भएको छ । अभियान सफल पार्नका जिल्लामा अहिले शौचालय निमार्ण अभियान सञ्चालन शुरु भएको हो । चैत्र मसान्त भित्र शौचालय निमार्ण नगर्ने सरकारी कर्मचारीको तलव रोक्का गर्ने र शौचालनय निमार्ण नगर्ने सर्वसाधरणहरुले पनि गाविसबाट पाउने सम्पुर्ण सेवा सुविधाबाट बञ्चित गर्ने श्रोतले जनाएको छ ।
जिल्लामा वि.सं. २०७२ (सन् २०१६) सम्मा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ अहिले विभिन्न गाविसहरुमा सरसफाई अभियान शुरु गरिएको हो ।
No comments:
Post a Comment