Tuesday, February 4, 2014

कर्मैयामा खुल्ला नृत्य प्रतियोगिता

कर्मैयामा खुल्ला नृत्य प्रतियोगिता
सर्लाही समाचारदाता
कर्मैया, माघ २१ । श्रीपञ्चमी अर्थात सरस्वती पूजाका अवसरमा मंगलबार महेन्द्र जनता उमावीमा  खुल्ला नृत्य प्रतियोगितामा सम्पन्न भएको छ ।
तरुण दल कर्मैया गाउँ कार्य समितिको प्रायोजन तथा नेविसंघको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जमुना राना, स्प्रीया बाँनिया, आशिका पाण्डे र सुमिना कार्कीलाई उत्कृष्ठ नृत्य प्रस्तुत गरेको भन्दै वागमति फोटो स्टुडियो र धौलागिरी सोलारले पुरस्कृत गरेको थियो । नेविसंघका प्रकाश केसीको संयोजकत्वमा भएको प्रतियोगितामा ५५ जना स्थानीयले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागी ५५ जनालाई प्रमुख अतिथ नेपाली काँग्रेस गाउँ कार्य समितिका कार्यबाहक सभापती दिपक रानाभाटले प्रमाण पत्र वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजिराम कुशवारको सभापतित्व रहेको कार्यक्रममा नेपाली काँगे्रस जिल्ला कार्य समितिका सदस्य बलराम सुवेदी विशिष्ट अतिथि रहेका थिए भने गाविस सचिव कमल प्रसाद पौडेल, प्रधानाध्यापक महेश शर्मा, शंकर थापा, पूर्ण बहादुर पाण्डे, नविन काÇले, मालती खतिवडा, कामदेव चौधरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम अतिन्द्र राज काÇलेले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment