Tuesday, February 4, 2014

मन्दिरको शिलन्यास

मन्दिरको शिलन्यास
सर्लाही समाचारदाता
घुर्कौली, माघ २१ ।  घुर्कौली–५ मा मंगलवार कालिका मन्दिरको शिलन्यास गरिएको छ ।
मैनाली समाज नेपालका केन्द्रीय सदस्य रामप्रसाद मैनालीले एक कार्यक्रमका बीच मन्दिरको शिलन्यास गरेका थिए ।
मन्दिर निमार्ण समितिका अध्यक्ष अम्बिका मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिरलाई आवश्यक पर्ने जग्गा स्थानीय चित्रकुमारी मैनालीले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा मैनाली समाज जिल्ला अध्यक्ष केदारनाथ मैनाली लगायतको सहभागी थियो ।

No comments:

Post a Comment