विद्यार्थीले मनाए प्रणय दिवस
–राकेश गुप्ता÷सर्लाही दैनिक
हरिवन, फागुन ०२ । प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइएको छ । जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, चतुर्भुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी र मलंगवामा विविध कार्यक्रमगरी दिवस मनाइएको हो ।
चतुर्भुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरीमा स्वतन्त्र विद्यार्थी युनियनले प्रणय दिवसको अवसरमा स्नातक तह दोस्रो बर्षमा अध्यनरत विद्यार्थीहरुले प्रथम बर्षमा अध्यनरत ६० जना विद्यार्थीलाई स्वागत गरेका छन् ।
विद्यार्थी नेता अच्चयुतम सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा, प्रमुख अतिथी निवर्तमान गाविस अध्यक्ष डिल्लीप्रसाद उप्रेती, विशेष अतिथि क्याम्पस प्रमुख हरि मैनाली, अतिथीहरुमा स्वतन्त्र विद्यार्थी युनियनका सदस्यहरु प्रज्वल ढुंगाना, उतम परियार, रहेका थिए । कार्यक्रममा खुल्ला पे्रमपत्र वाचन समेत गरिएको थियो ।
त्यसैगरी जनज्योती बहुमुखी क्याम्पस लालबन्दीले पे्रमपत्र वाचन, गीत, गजल, कबिता वाचन, मुतmक वचन, नृत्य लागायतका प्रस्तुतीगरी कार्यक्रम मनाएको थियो । कार्यक्रममा युवराज धमला, तुलसा गौतम र रीता घिसिङ क्रमशः प्रथम, दोश्रो र तेश्रो भएका छन् । स्ववियु सभापती युवराज देवकोटाको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुवेर आर्चायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुवेर आचार्य, सहायक क्याम्पस प्रमुख दिपक पोखरेल, प्रध्यापक सबिन खनाल, बाबुराम दहाल, सुनिल चौधरी, अनेरास्ववियु सर्लाही जिल्ला उपाध्यक्ष मोहन भण्डारी, स्ववियु सचिव नारायण गुर्माछान लागायतका अतिथीहरुको उपस्थिति रहेको नेबिसंघ लालबन्दीका प्रचार–प्रसार प्रमुख तथा कार्यक्रम संचालक मनोज बर्खेलले जानकारी दिए । त्यसैगरी सदरमुकाम मलंगवामा समेत युवाहरुले सडकमै प्रणय प्रतिक बनाएर दिवस मनाएका थिए ।
No comments:
Post a Comment