सर्लाहीबासीलाई उपराष्ट्रपति झाको अर्ती–उपदेश
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०२ । स्वर्णीम एफएम मलंगवाको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति परमानन्द झाले सर्लाहीबासीलाई मानसिक रुपमा उठ्न आग्रह गरेका छन् । स्रोत भन्दा पनि मानसिकतामा नै कमजोरी रहेको औंल्याएका छन् । शुक्रबार सदरमुकाम मलंगवा स्थित स्वर्णीम एफएमको उद्घाटन गर्दै उपराष्ट्रपति झाले राजनैतिक रुपमा पहुँचका साथै व्यापक सडक संजाल र सिचाईको समेत सुविधा भईकन पनि सर्लाहीले विकास निर्माणमा फड्को मार्न नसकेको बताए । झण्डै आधाघण्टा मन्तव्य दिएका उपराष्ट्रपति झाले तराईका २० जिल्लामध्ये १९ जिल्ला सदरमुकाम यसअघि नै पुगिसकेको र एफएम उद्घाटनको बहानामा सर्लाहीको सदरमुकाम मलंगवामा समेत आउन पाएकामा खुसी व्यक्त गरे ।
तराईका अन्य जिल्लाहरुका तुलनामा सर्लाही संरचनागत तथा राजनैतिक पहुँचका हिसाबले विकसित रहेको उल्लेख गर्दै उपराष्ट्रपति झाले मानसिक रुपमा भने सर्लाही कमजोर देखिएको बताए । ‘‘अन्य जिल्लाका तुलनामा सडक सञ्जाल धेरै छ, धेरै राजनैतिक दलका राष्ट्रिय अध्यक्ष समेत सर्लाहीका छन्, सिचाईको सुविधा छ तर त्यसको तुलनामा विकास हुन सकेन ।’’ झाले भने–‘‘मानिसमानसिकता राजनीति दलले संविधान निर्माण नगरे सम्म पद नछोडने बताएका छन् । राष्ट्रपतिले पनि पदमा बस्न त्रिसुल गाडेर कमंडल बोकेको छैन, उनले भने– ‘संविधान ६ महिनामा निर्माण भए ६ महिनामै पद छोडछौ । संविधान नबने सम्म पद नछोडने कोसिश गरिरहने छु ।’ राजनीति दलले हाम्रै अनुहार हेरेर संविधान निर्माण गर्न सक्छ, उनले भने ।
सर्लाही सदरमुकाम मलंगवा पहिलो पटक स्थानिय रेडियो (एफएम) उदघाटका लागि आएका उपराष्ट्रपति झाले संघियता विषयमा दलको विवादका कारण दोश्रो संविधान सभाले पनि समयमा संविधान निर्माण गर्न नसक्ने शंका बढेको बताए । संविधान आउने विषयमा शंका बढेकोले संविधान नआए सम्म पद नछोडने उनले भने । संविधान निर्माण भए पछि हामि (उपराष्ट्रपति र राष्ट्रपति) आफै खुसि साथ पद छोडछौ, झाले भने–‘दलले दश वर्ष सम्म संविधान नबनाए दश वर्ष सम्म पद छोडदैनौ ।’
संघियता दिने र लिने पक्ष विचको लामो समय सम्म झगडा चलिरहेकोले संविधान निर्माणमा शंका उत्पन्न भएको झाले बताए । संविधान निर्माण नहुदा मधेसका जनताको अधिकार सुनिश्चित हुदैन,उप राष्ट्रपति झले भने–‘संविधान निर्माणका लागि मधेसी जनता जागरुक भएर बस्नु आवश्यक छ ।
संघियता लिनेहरुले दिनेलाई जती दिए त्यतिमा नै सन्तोष गर्छु नभनिदिउन ।’ मधेसको विकास र सुधारका लागि सरकारले कुनै भुमिका नखेलेको झाले आरोप लगाए । विराटनगर, भैरहवा, नेपालगंज र वीरगंज जस्ता मधेसका शरहको विकास कर्म र भाग्यले मात्र भएको उनले दावी गरे । राज्यको असहयोगले नै मधेसमा विकास गति लिन नसकेको उनले वताए ।
विकासका लागि सर्लाहीका बासिन्दाले मानसिकतामा सुधार ल्याउनु पर्ने उनले बताए । बिहान र साँझ पानी लिएर खेत बगैचामा शौच गर्न छोडेर तत्कालै शौचालय प्रयोग गर्ने बानि बिकास गर्न उनले स्थानियलाई आग्रह गरे । स्थानिय एक एफएमको उदघाटन गर्न आएका झाले सञ्चार माध्यमलाई समाज परिवर्तन गर्ने काममा सक्रिय हुन आग्रह गरे । एफएमले बिहान ब्युझने कृषकलाई कृषि सम्बन्धमा र बेरोजगार युवालाई लोकसेवा आयोगको गतिविधि सम्बन्धमा जानकारी गराउने कार्याक्रम सञ्चालन गर्नु पर्ने उनले सुझाव दिए ।
No comments:
Post a Comment