उखु मूल्य फेरि मिलेन ः सरकार गुहारियो
सर्लाही समाचारदाता
हरिवन, माघ २९ । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच चौथो चरणको वार्ता पनि विना निश्कर्ष टुंगीएको छ । बुधबार मकवानपुरको हेटौडामा भएको वार्ता विना निश्कर्ष टुंगीएको हो । चिनी उद्योगी र उखु किसान प्रतिनिधिले मूल्यको विषयमा आ–आÇनो अडान कायम राखेपछि कुनै निश्कर्ष निस्कन सकेन । उद्योगी र किसान प्रतिनिधिले आ–आÇनै अडान राखेपछि चौथो चरणको वार्ता पनि विना निश्कर्ष टुंगीएको हो ।
मकवानपुरको हेटौंडा स्थित हेटौंडा रिसोर्टमा भएको वार्तामा उद्योगपतिले उखुको प्रति क्वीन्टल ४ सय ५० रुपैंया पनि दिन नसक्ने बताएपछि वार्ता विना निश्कर्ष टुंगिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । ‘‘उद्योगपतिहरुले मूल्यका विषयमा षडयन्त्र गरे । किसानको उखु पेलेर चिनी स्टक गर्ने र मूल्य तयभएपछि चिनीको भाउ बढाउने रणनीती उद्योगपतिले लिएको देखियो ।’’
अघिल्लो चरणको वार्तामा प्रति क्वीन्टल ४ सय ६० रुपैया दिन तयार भएपनि उद्योगीहरुले यसपटकको वार्तामा प्रतिक्वीन्टल ४ सय ५० रुपैंया पनि दिन नसक्ने बताउनुले उद्योगपतिहरुको नियतमा नै खराबी देखिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उद्योगी र किसान प्रतिनिधिहरुबीचहरुको वार्ताले उखु मूल्य तय गर्ने विषयमा सरकारलाई मध्यस्थता गर्नका लागि अनुरोध गर्ने लिखित निर्णय समेत गरेको छ । ‘‘चिनी उद्योग संघ र उखु उत्पादक महासंघले संयुक्त रुपमा सरकारलाई मूल्य तय गर्ने विषयमा मध्यस्थताका लागि आग्रह गर्ने निर्णय भएको छ ।’’ उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले भने ।
यसअघि उखुका मूल्य निर्धारणका लागी पहिलो चरणमा काठमाण्डौ, दोस्रो चरणमा हेटौँडा र तेस्रो चरणमा वीरगंजमा उद्योगी र किसानका प्रतिनिधीहरु बीच भएको वार्तामा कुनै टुङ्गो लाग्न सकेको थिएन् । तेस्रो पटक वीरगंजमा भएको छलफलमा हाललाई किसानहलाई चारसय पेश्की दिने गरी उखु क्रसिङ गर्ने र माघको अन्तिम हप्तामा मूल्यका विषयमा तय गर्ने निर्णय भएको थियो ।
फागुन पहिलो साता लाग्दा समेत उखु मूल्यको विवाद नसल्टिदा किसानहरु चिन्तित बनेका छन् । गतवर्ष नै किसानहरुले प्रति क्वीन्टल ४ सय ८१ रुपैंया पाएका थिए । सर्लाहीमा मुलुकभरी नै सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले यसवर्ष सिजनमा ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने योजना राखेको छ ।
No comments:
Post a Comment