Saturday, March 1, 2014

बाढीले पुल निर्माण अवरुद्ध

बाढीले पुल निर्माण अवरुद्ध
सर्लाही समाचारदाता
हरिवन, फागुन १७ ।  हरिवन र सासापुर गाविसको सीमानामापर्ने चापिनी खोलाको पुल निमार्ण गर्न   खनिएको खाल्डोमा बाढी पस्दा २५ लाख बरावरको क्षति भएको छ ।
शुक्रवार राती परेको पानीका कारण खोलामा आएको बाढीको पानी खाल्डो भित्र पस्दा ६ सय बोरा सिमेन्ट, गिट्टी, बालुवा लगायत निमार्णमा सामाग्रीमा क्षति पुगेको हो । पुल बनाउनको लागी खनिएको २० फिट गहिरो खाल्डोमा दुईवटा मिक्चर फसेपछि निकाल्न समस्या भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आश्रय निमार्ण सेवा प्रालीले निमार्ण गर्न लागेको पुलको पिल्लरकालागि खनिएको खाल्डोमा बाढी पसेको थियो ।

No comments:

Post a Comment