Saturday, March 1, 2014

आँपको बिरुवामा अनुदान

आँपको बिरुवामा अनुदान
सर्लाही समाचारदाता
मलंगवा, फागुन १७ । जिल्ला कृषि विकास कार्यालय सर्लाहीले किसानहरुलाई ५० प्रतिशत अनुदानमा आँपको बिरुवा वितरण गर्ने भएको छ । आँपको बँगैचा विस्तार गर्नका लागी करिव डेढ सय हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने १५ हजार आँपको बिरुवा वितरण गर्न लागेको हो ।
किसानहरुले अनुदानमा बिरुवा प्राप्त गर्नका लागी कार्यालयमा वा नजिकैको कृषि सेवा केन्द्रमा निवेदन दिनसक्ने कार्यालय प्रमुख यूगलकिशोर तिवारीले जानकारी दिए । जिल्लाको हरिवन, नवलपुर, चन्द्रनगर, बरहथवा, धनकौल, ईश्वरपुर र गडहीया डुमरीया सेवा केन्द्रमा बिरुवा लिनका लागी निवेदन दिन किसानहरुलाई आब्ह्वान गरिएको छ । किसानहरुकोे निवेदन  पश्चात नेत्रगंजमा रहेको वागवानी केन्द्र मार्फत आँपको बिरुवा वितरण गरिने तिवारीले जनाएका छन् ।

No comments:

Post a Comment