रामसपाको नगर कमिटी गठन
सर्लाही समाचारदाता
मलंगवा, फागुन १८ । राष्ट्रिय मधेश समाजवादी पार्टीले आइतबार मलंगवामा नगर कमिटी गठन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश रायको उपस्थितीमा पुष्प रन्जितकार अध्यक्ष रहने गरी १७ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा सुरेश राय, सचिव सुमन रन्जितकार, कोषाध्यक्षमा अम्रित राय लगायत अन्य सदस्य रहेका छन् । मलंगवाको सम्पूर्ण वडालाई समेटेर कमिटी गठन गरिएको बताइएको छ ।
No comments:
Post a Comment