Monday, March 3, 2014

आखिर के भयो त्यो रात ?

आखिर के भयो त्यो रात ?
भक्तपुर, फागुन १८ । अमेरिका स्थायी बसोबासको डाइभर्सिटी भिसा (डिभी) को अन्तिम प्रक्रिया पूरा गर्न सर्लाहीबाट काठमाडौं आएका थिए हरिवनका श्यामध्वज महत, उनकी ३० वर्षिया पत्नी सुनीता र ४ वर्षिया छोरी नानु । स्वास्थ्य परिक्षण र फाइनल अन्तर्वार्ता बाँकी थियो । उनीहरु त्यसैको योजना बुन्दै शुक्रवार बेलुका सुते ।
सुत्नु अगाडिसम्म उनीहरु अन्तर्वार्ता कसरी दिने, अमेरिकाको जीवन कस्तो होला भन्ने विषयमा रमाउँदै गफीएका थिए । तर, त्यही रात उनीहरुको अमेरिकी नागरिक बन्ने सपनाको दुखद अन्त्य भयो ।
भक्तपुरस्थित ससुराली घरमा आएर बसेका यि तीनै सदस्य शुक्रवार विहानै मृत भेटिए । सुनीताका भाइ शनिवार विहान उनीहरु सुतेको कोठामा जाँदा खाटमा दीदि र भान्जीको शब थियो, ढोकामा भिनाजुको शब तुन्द्रूङ झुन्डिरहेको थियो ।
उनीहरू डिभीको अन्तिम प्रक्रिया पूरा गर्न एक साताअघि ससुराली आएका थिए । स्वास्थ्य परीक्षण र अन्तर्वार्ता प्रक्रिया सोमवार पुरा गर्ने तयारी थियो । तर, त्यो प्रकृयामा प्रवेशै नगरी महत परिवारको सबै सदस्यको दुखद अन्त्य भयो । घटनास्थलमा पुगेको चिकित्सक र प्रहरीका अनुसार घटनाको प्रकृती हेर्दा श्यामध्वजले पहिला श्रीमती र ४ वर्षिय छोरीको हत्या गरे र अनी पासो लागेर आफुले आत्महत्या गरे ।
त्यो निष्कर्षमा पुग्नका लागी उनीहरुले आधार बनाए सुनीता र नानुको गलामा लागेको निलो दाग । जो घाँटी अठ््याउँदाको परिणाम हुनसक्छ । अनी श्यामध्वज झुन्डीएको अवस्थाको विष्लेशण गर्दै उनले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेर बाँकी तथ्य पत्ता लगाउने पोष्टमार्टमको प्रकृया शुरु भयो ।
हरिवनका आर्थिक रुपमा सम्पन्नै परिवारका सदस्य, अमेरिकामा गएर सुखी जीवन विताउने सपनामा रम्दै संगै सुतेका श्यामध्वजलाई त्यो रात त्यस्तो के भयो र उनले आÇनी श्रीमती र नाबालक छोरीको हत्या नै गरे ? यो रहस्य भने अझै खुलेको छैन । अनुसन्धानमा खटिएको प्रहरी पनि रनभुल्ल देखियो । बाबुले नै छोरी र आÇनी श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेको निष्कर्षका लागी प्रहरीले सोही घरको माथिल्लो तलामा भाडामा बस्नेको भनाईलाइ समेत प्रमुखता दिएको छ ।
प्रहरीका अनुसार माथिल्लो तलामा भाडामा बस्ने देवी भण्डारीले बेलुका ४ वर्षिया बालिकाकाले ‘ड्याडी, मामुलाई त्यस्तो नगर्नुस् न’ भनेको सुनेकी थिइन् । बाबुले आमाको घाँटी थिचेको देखेर बालिकाकाले त्यस्तो भनेको र पछि बाबुले उनको समेत हत्या गरेको हुनसक्ने आँकलन प्रहरीको देखियो । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुर अनुसन्धानमा खटिएको छ । आखिर के भयो त्यो रात ? यो प्रश्नको उत्तर उही अनुसन्धानले मात्र खुलाउन सक्ला । (अपराधडटकम)

No comments:

Post a Comment