म्यादी छनौट सकियो
सर्लाही समाचारदाता
मलंगवा, असोज २३ । आसन्न संविधान सभा निर्वाचनका लागि जिल्लाबाट आवेदन परेका म्यादी प्रहरीका उम्मेद्वार मध्ये एकहजार चारसय ६५ छनौट भएका छन् ।
गत असोज १४ गते सम्ममा जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका पाँचहजार एकसय ७४ जनालाई अंचल प्रहरी कार्यालय जनकपुरमा छनौट गरिएको थियो ।
छनौट भएका उम्मेद्वार मध्ये ७० जना महिला छन् भने एकहजार तीनसय ९५ जना पूरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिए ।
त्यसैगरी छनौट कार्यबाट दुईसय २० जना उम्मेद्वार बैकल्पिकमा परेका छन् । दुइसय ११ पूरुष र नौ महिलालाई बैकल्पिकमा राखिएको र निर्धारित संख्यााभन्दा बढी जनशक्ति आवश्यक परेमा वा छनौट उम्मेद्वारलाई भैपरि आएमा बैलल्पिक उम्मेद्वारबाट पदपूर्ति गरिने बताइएको छ । छनौट भएका उम्मेद्वारलाई दशैं अघिनै नियुक्ति पत्र दिएर असोज २९ गते सम्पर्क मिति तोकिएको र ३० गतेबाट तालिम सुरु गरिने प्रवक्ता ओलीले जानकारी दिए ।
जिल्लाबाट फर्म भरी छनौट भएका म्यादी प्रहरीलाई धनुषा जिल्लामा खटाइने र धनुषाकालाई सर्लाहीमा खटाइने बताइएको छ । जिल्लाबाट म्यादी प्रहरीका लागि आवेदन दिएका उम्मेद्वारहरु मध्ये झण्डै आधा मात्र छनौट कार्यमा भाग लिएका जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।
दुई महिनाको कार्य अवधि रहेको म्यादी प्रहरीले नेपाल प्रहरीको सिपाही सरहको पारिश्रमिक र सुविधाहरु पाउने बताइएको छ ।
No comments:
Post a Comment