Wednesday, October 9, 2013

एमाओवादीमा प्रवेश

एमाओवादीमा प्रवेश
सर्लाही समाचारदाता
परवानीपुर, असोज २३ । एकिकृत नेकपा माओवादीले बुधबार परवानीपुरमा उम्मेद्वार परिचयात्मक एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कृष्ण गौतमको सभापतित्व तथा राज्य समिति सदस्य एवं सर्लाही हेडक्वाटर सदस्य लुमणि धिमालको प्रमुख आतिथ्यतामा परवानीपुर गाविसको सभाहलमा भएको कार्यक्रममा विभिन्न पार्टीबाट २५ जना नेता कार्यकर्ता प्रवेश गरेको एमाओवादीले दावी गरेको छ । एमाओवादीका अनुसार स्थानीय एमालेका गणेशबहादुर थापा, सुकुल रोक्का, पे्रम परियार, नेपाली कांग्रेसका मिनराज ठोक्कर र नेमकिपाका रामकृष्ण कार्की  लगायत २५ जना नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा एमाओवादी क्षेत्र नं. १ का उम्मेद्वार शम्भुलाल श्रेष्ठको परिचय समेत गराईएको थियो ।
कार्यक्रममा लालबहादुर माझी (मनिष), इन्द्रबहादुर योञ्जन लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment