Wednesday, October 9, 2013

करेन्टबाट मृत्यु

करेन्टबाट मृत्यु
सर्लाही समाचारदाता
मुसैली, असोज २३ । धानखेतमा पानी लगाउने क्रममा विद्युत प्रवाह भईरहेको तारको करेन्ट लागेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ ।
मुसैली गाविस–१, गणेशीयाका ५५ वर्षिय रघुवीर रायको विद्युत करेन्टबाट मृत्यु भएको हो । साँझ साँढे ६ बजे धानखेतमा मोटरबाट पानी लगाउने क्रममा सोही मोटरमा जडान गरिएको विद्युतीय तार चुँडिएर रायको घाँटीमा लागेपछि करेन्टबाट उनी सख्त घाईते भएका थिए । उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पु¥याउँदा रायलाई डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।

No comments:

Post a Comment