Wednesday, December 4, 2013

थकान मेट्दै कार्यालय प्रमुख

थकान मेट्दै कार्यालय प्रमुख
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । संविधान सभा निर्वाचन सकिए लगतै जिल्ला स्थित अधिकांश सरकारी कार्यालयका प्रमुखहरु विदामा बसेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, स्थानीय विकास अधिकारी उमेश बस्नेत, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक भन्सार प्रमुख टिकाराम भुषाल,मालपोत प्रमुख दिर्घनारायण पौडेल, डिभिजन सहकारी प्रमुख रामलक्षण राय लगायतका बढी सरकारी अधिकारीहरु हाल विदामा रहेका छन् । सम्बन्धित कार्यालयका कर्मचारीका अनुसार निर्वाचनअघि लामो समयदेखि विदा नपाएको र निर्वाचन सम्पन्न गर्ने क्रममा अत्यन्त बढी खट्नु पर्दा थकान मेट्नका लागि भन्दै उनीहरु विदामा बसेका हुन् ।
त्यस्तै जिल्ला अदालतका न्यायाधिशहरु मुरारीबाबु श्रेष्ठ, शंंकरराज बराल र दलबहादुर केसी पनि विदामा बसेका छन् । ‘‘निर्वाचनका क्रममा ज्यादै खट्नु परेकाले सो थकान मेट्नका लागि सरकारी अधिकारीहरु विदामा जानु भएको हो ।’’ एक कर्मचारीले भने–‘‘निर्वाचनको खटानका कारण आईपरेको थकान मेट्न कार्यालयका प्रमुख सहित कर्मचारीहरुबीच पालैपालो विदामा जाने व्यवहारिक सहमति भएको छ, उहाँहरु आएपछि हामी विदामा जान्छौं ।’’

No comments:

Post a Comment