Tuesday, January 14, 2014

सासापुरमा योजना तर्जुमा गोष्ठी

सासापुरमा योजना तर्जुमा गोष्ठी
सर्लाही समाचारदाता
सासापुर, पुस २८ । सासापुर गाविसमा आइतबार एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
गाविस सचिव उद्धव नारायण श्रेष्ठको अध्यक्षतामा विभिन्न वडा नागरिक मञ्चबाट छनोट भएर आएका योजनाहरुलाई आगामी ०७१÷०७२ को गाउँ परिषद्मा कसरी लैजाने भन्ने बारेमा गोष्ठी गरिएको हो । गोष्ठीमा गाविस भित्रका विभिन्न राजनीतिक दलका प्रतिनधी, संघ संस्थाका प्रतिनधी, नागरिक वडा मञ्चका सदस्य लगायतको सहभागिता रहेको थियो ।  

No comments:

Post a Comment