न्यू हरिवनको साधारण सभा
सर्लाही समाचारदाता
हरिवन, पुस २८ । न्यू हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवन–९ को चौथो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज उप्रेतीको सभापतित्वमा भएको साधारण सभामा आ.व. ०६९ं÷०७० को अवधिमा भएका आर्थिक कारोबारका विवरण सार्वजनिक गरिएको थियो । एकसय ३७ शेयर सदस्य रहेका संस्थाको हरिवन, घुर्काैली, ढुंग्रेखोला, सासापुर र अत्रौली गरी पाँच गाविसमा कार्यक्षेत्र रहेकोले संस्थाका कार्यलाई अझ विस्तार गर्दै पारदर्शिताका साथ अगाडी बढ्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
No comments:
Post a Comment