Tuesday, January 14, 2014

तरकारी संकलन केन्द्र स्थापना

तरकारी संकलन केन्द्र स्थापना
सर्लाही समाचारदाता
राजघाट, पुस २८ । राजघाटमा तरकारी संकलन केन्द्रको आइतबार स्थापना गरिएको छ । कृषि व्यापार तथा व्यवसायिक आयोजना काठमाण्डौ र राजघाट उपभोक्ता सहकारी संस्थाको संयुक्त सहयोगमा तरकारी संकलन केन्द्र स्थापना गरिएको हो । करिव २० लाखको लागतमा निर्माण गरिएको केन्द्रको आईतबार उद्घाटन गरिएको छ ।
स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी संकलन केन्द्रको एक कोठे भवनमा राख्न सहज हुने बताईएको छ । राजघाट क्षेत्रफलमा व्यावसायिक रुपमा तरुल खेती हुँदै आएकाले उत्पादित तरुल राख्न सजिलो हुने किसानहरुले बताएका छन् । त्यस क्षेत्रमा ५० विगाह भन्दा बढी क्षेत्र फलमा तरुल खेती हुँदै आएको छ । केन्द्रको आज आयोजनाका निर्देशक योगेन्द्र कुमार कार्की र सहकारीका अध्यक्ष इन्द्र पौडेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

No comments:

Post a Comment