शान्ति बाटिकाका लागि ११ लाख
सर्लाही समाचारदाता
हरिवन, पुस २८ । दिवंगत पितृहरुको उद्धारको लागि शान्ति बाटिका निर्माण गर्ने उद्देश्यका साथ हरिवनमा संचालित श्रीमद्भागवत महायज्ञबाट जग्गा सहित ११ लाख रुपैया संकलन भएको छ ।
पंडित दिपकप्रसाद पौडेलद्वारा कथा वाचन गरिएको सो महायज्ञ पुस २३ देखि संचालन भएको थियो ।
महायज्ञमा दुई महिना अगाडी हरिवनमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका पृथ्वीबहादुर अधिकारीको स्मृतिमा उनका बाबु÷आमा नरबहादुर अधिकारी÷कमला अधिकारीले हरिवन–९ मा रहेको पाँच धुर जग्गा दान दिएका छन् ।
अधिकारी परिवारबाट दान पाएको सो दशलाख मूल्य बराबरको जग्गामा शान्ति बाटिका निर्माण गरिने र सो बाटिकाको सोमबार वा मंगलबार शिलान्यास गरिने महायज्ञका हरि मैनालीले जानकारी दिए ।
महायज्ञमा विभिन्न दाताबाट एकलाख दुईहजार पाँचसय सात रुपैया नगद उठेको छ भने जय माता दी इट्टा उद्योग सासापुरका प्रोप्राइटर मदन श्रेष्ठले ३० हजार रुपैया बराबरको इट्टा र हरिवनका लालविहारी जयसवालले पाँचहजार एकसय रुपैया बराबरको सिमेन्ट प्रदान गरेका जनाइएको छ । पाँचहजार एकसय दान गर्ने दाताहरुका पितृको नाम स्तम्भमा राखिने भएकाले अधिकांश दाताले पाँचहजार एकसयका दरले दान गरेका थिए । महायज्ञको अन्तिम दिन आइतबार बताइएको भएपनि तिल चढाउने दिन सोमबार वा माघ १ गते हुने छलफल भइरहेको बताइएको छ ।
No comments:
Post a Comment