Tuesday, January 14, 2014

भूकम्प सुरक्षा दिवस मनाईने

भूकम्प सुरक्षा दिवस मनाईने
सर्लाही समाचारदाता
मलंगवा, पुस २८ । दैवी प्रकोप उद्धार समितिको बैठकले विविध कार्यक्रम सहित भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले आगामी माघ २ गते पर्ने भूकम्प सुरक्षा दिवसका अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । दिवसको अवसरमा सचेतनामूलक ¥याली, संचारमाध्यमहरुबाट सचेतनामूलक सूचना प्रकाशन÷प्रशारण गराउने, सरोकारवाला सबैको सहभागितामा कार्यक्रम गर्ने, अन्तरसंवाद गर्ने लगायतका निर्णयहरु गरिएको प्रजिअ घिमिरेले बताए ।

No comments:

Post a Comment