Wednesday, January 15, 2014

चन्द्रनगरमा अवरोध

चन्द्रनगरमा अवरोध
सर्लाही समाचारदाता
चन्द्रनगर, पुस २९ । चन्द्रनगर गाविसको सोमवार आव्हान गरिएको गाउँ परिषद स्थगित भएको छ ।
निर्धारीत समयमा गाउँ परिषद् चलिरहँदा गाविस सचिव गोपाल सिंह आले ले आय–व्यय प्रस्तुत गर्नेक्रममा अपारदर्शीता भएको स्थानीले बिरोध जनाएपछि गाउँ परिषद स्थगित भएको हो । गाउँ परिषद चलिरहँदा गाविस भित्र नामै नभएको मान्छेलाई समेत रकम दिएको भन्दै स्थानीयले बिरोध जनाएका थिए । गाविस सचिव आलेले बालबालिकाको क्षेत्रमा सुनिल कापरलाई रकम विनियोजना गरेको भन्ने वित्तिकै बिरोध जनाउँदै सचिवले भ्रष्टचार गरेको आरोप लगाएका थिए  ।
स्थानीय आक्रोशित भई सचिवालाई नियन्त्रण लिनुपर्ने भन्दै आवाज उठाएपछि सशस्त्र प्रहरीले सचिवलाई संरक्षणमा लिएर घर पठाएको हो । गौरीशंकर निवासी सचिव आले करिव ढेड वर्षदेखी सो गाविसमा कार्यरत थिए । गाउँ परिषदमा विवाद भएपछि  सुचना टास गरी गाउँ परिषद स्थगित भएको जानकारी गराईएको स्थानीय अनिल सिंहले जानकारी दिए ।

No comments:

Post a Comment