Wednesday, January 15, 2014

सामुदायिक स्वास्थ्य सहकारीमा नयाँ नेतृत्व

सामुदायिक स्वास्थ्य सहकारीमा नयाँ नेतृत्व
सर्लाही समाचारदाता
हरिवन, पुस २९ । सामुदायिक स्वास्थ्य सहकारी संस्था हरिवनको सोमबार सम्पन्न आठौं बार्षिक साधारण सभाले बिदुरप्रसाद खरेलको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रामनारायण महतो, सचिब बलराम न्यौपाने र कोषाध्यक्षमा दिनेश थापा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अच्युतम काफ्ले, दिलिप पाठक, सुरेश न्यौपाने, कैलाश स्याडतान, सितली खड्का, भरत थापा, डा. कृष्णसागर शर्मा, लगायत चयन भएको बताईएको छ । उक्त संस्थाले हरिवन–९ मा बिगत १० बर्षदेखि नमूना अस्पताल सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment