Wednesday, January 15, 2014

नेत्रगन्जको गाउँ परिषद सम्पन्न

नेत्रगन्जको गाउँ परिषद सम्पन्न
सर्लाही समाचारदाता
नवलपुर, पुस २९ । नेत्रगन्ज गाविसकोे गाउँ परिषद सोमवार सम्पन्न भएको छ ।
नेत्रगन्ज गाविसले २० औँ गाउँ परिषदमा ८० लाख ६१ हजार ७ सय ५५ रुपैँया ३१ पैँसा अनुमानित आय–व्यय तथा आर्थिक वर्ष ०७१÷०७२ को लागी ९२ लाख ४३ हजार प्रस्तावित बजेट विनियोजन गरेको छ ।
परिषद्ले गरेको बजेट विनियोजन अनुसार खानेपानीमा २ लाख,  कार्यालयको माथिल्लो अधुरो रहेको भवन निमार्णमा ४ लाख, शिक्षामा १ लाख ९५ हजार, स्वास्थ्यमा १ लाख, कृषिमा २ लाख ५० हजार, विभिन्न लक्षित वर्गका लागी ३ लाख ५० हजार, जिल्ला ट्राफिक भवन निर्माणमा ५० हजार, आकास्मिक दुर्घटना कोषको लागी ५० हजार लगायत शिर्षकमा बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७०÷०७१ को अनुमानित ८४ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ३१ पैसा मध्ये विकास तर्फ २९ लाख ३ हजार ९ सय ५५ रुपैँया र चालु खर्च तर्फ ३६ लाख ९ हजार आय व्यय प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी नेपाली काँगे्रस सर्लाही क्षेत्र नम्वर २ का नवनिवार्चित सभासद रामचन्द्र चौधरीले गाविसको विकासमा सक्दो सहयोग गर्दै गाविस भित्र भैरहेको कटान रोक्न समेत पहल गर्ने बताए । त्यस्तै कार्यक्रममा स्थानीय जेष्ठ नागरिक एवं समाजसेवी बासुदेवसरण कोईरालाले विकास निमार्णको काममा ‘मेरो भन्दा पनि हाम्रो’ भन्ने कुरामा जोड दिनुपर्ने धारण राखे । कार्यक्रममा पद्म भुवनेश्वरी वृद्धा आश्रमका संरक्षण भवानी कोईराला, व्यापार संघका प्रल्हाद थापा, नन्देश्वर सामुदायिक वनका अध्यक्ष भिम पौडेल, प्रगती महिला सञ्जालका उपाध्यक्ष अर्चना झा लगायतकले मन्तव्य राखेका थिए  ।

No comments:

Post a Comment