घुर ताप्दा गोठ ध्वस्त
सर्लाही समाचारदाता
ब्रम्हपुरी, पुस १८ । घुर ताप्न बालिएको आगोबाट ब्रम्हपुरी गाविसमा विहिबार राती एक गोठ जलेर नष्ट भएको छ ।
ब्रम्हपुरी गाविस–१ निवासी लक्ष्मी साहको गोठ जल्दा आगलागीबाट २ लाख हाराहारीमा क्षति भएको प्रहरीले जनाएको छ । सखुवाको काठले मात्र बनेको ठूलो गोठ हुनाले बढि क्षति भएको प्रहरी चौकी त्रिभुवननगरले जनायो ।
जाडोबाट बच्न गोठ छेउमा दिनभर बालिएको ‘घुर’ त्यसै छाडेर स्थानीय बासिन्दाहरु
आ–आÇनो घरमा गएपछि राती ८ बजेतिर सोही घरबाट गोठमा आगो लागेको बताईएको छ । स्थानीय बासिन्दा र प्रहरीको सकृयताका कारण अन्य घरहरुलाई भने आगलागीबाट बचाईएको थियो । भुस्सा, पराल राखेका कारण उक्त गोठमा लागेको आगो भने नियन्त्रणमा आउन सकेन । जाडोबाट बच्न आगो बालेर ताप्ने गरेका घुरहरु त्यसै छाडेर हिड्ने गर्दा जिल्लाका विभिन्न स्थानमा यस्ता आगलागीका घटनाहरु हुने गरेका छन् ।
No comments:
Post a Comment