ट्राफिक प्रमुखमाथि दुव्र्यवहार गर्नेलाई दोस्रो म्याद
सर्लाही समाचारदाता
लालबन्दी, पुस २९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कमल खत्रीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका दुई युवालाई दोस्रो पटक ७ दिने म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको छ ।
सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट आइतबार पूनः म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको हो । यसअघि सात दिने म्याद थप गरेर उनीहरुलाई थूनामा राखिएको थियो । आइतबारदेखि लागू हुनेगरी पूनः दोस्रो पटक ७ दिने म्याद थप भएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गरेको आरोपमा लालबन्दी गाविस–३ का २९ वर्षिय दिपक लामा र २७ वर्षिय सुवास लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीले गत पुस २१ गते आईतबार नियन्त्रणमा लिएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा राखेर कार्वाही प्रकृया अगाडी बढाईएको छ ।
लालबन्दी चोक स्थित ट्राफिक बीट नजिक ट्राफिक प्रहरी निरीक्षक खत्रीलाई लामाद्वयले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा हेल्मेट नलगाई मोटरसाईकल चलाईरहेको अवस्थामा रोकेर सम्झाउन खोज्दा लामाद्वयले दिउँसो साँढे ३ बजे तिर ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गरेको प्रहरीले दावी ग¥यो । उनीहरुले ड्यूटी पोशाकमै रहेका ट्राफिक प्रमुख खत्रीलाई गाली गलौज गर्नुका साथै हातपातको समेत प्रयास गरेको बताईएको छ ।
No comments:
Post a Comment