Wednesday, January 15, 2014

ईश्वरपुर गाविसमा गाउँलेको योजना

ईश्वरपुर गाविसमा गाउँलेको योजना
सर्लाही समाचारदाता
ईश्वरपुर, पुस २९ । गाउँ परिषदबाट निर्णय गराउनका लागि नगरोन्मुख गाविसको कार्यालय ईश्वरपुरमा स्थानीय बासिन्दाले योजनाहरु पठाएका छन् ।
ईश्वरपुर वडा नम्वर ४ का स्थानीयले सोमबार वडा नागरिक मञ्च मार्फत गाउँ परिषदमा आÇना निर्णयहरु गाविस कार्यालयमा पठाएका हुन् । आगामी गाउँ परिषदको लागी आÇनो क्षेत्रको समस्या पहिचान गर्नुका साथै विभिन्न माग सहित स्थानीय बासिन्दाले गाविसमा निर्णय पठाएका हुन् ।
उनीहरुले बयलवास बजारका लागी ४० प्रतिशत र कार्यालयको लागी केहि वजेट छुट्टाएर ९ वटै वडामा बराबर बजेट विनियोजन गर्न समेत माग गरेका छन् ।
उनीहरुले अघिल्ला वर्षहरुमा वडा नागरिक मञ्च मार्फत पठाएको समस्याहरु गाउँ परिषदको निर्णयमा नपरेको समेत गुनासो गरेका छन् ।

No comments:

Post a Comment