कविलासी, वैशाख २२ । नेपालीहरु वैदेशिक रोजगारीमा, कोहि वाध्यताले त कोहि रहरले जाने गरेको पाईन्छ । तर सवैको राम्रै कमाई हुन्छ भन्ने छैन । कतिपय राम्रै कमाई गरि घर फर्किन्छन भने कसैको शव मात्र आउने गर्दछ ।
यसै क्रममा सर्लाहीको कविलासी गाविसमा गत हप्ता मलेसियाबाट रामविश्वास मण्डलको शव मात्र घर आईपुग्यो । मृतक मण्डलको घरमा मंगलबार सामी हेल्भेटासको सहयोगमा संचालित सुरक्षति आप्रवासन परियोजना अन्तर्गत सर्लाहीमा कार्यरत कर्मचारीहरु, जिल्ला आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकाहरु, स्थानियवासी एवम जिल्ला गाविस संघका अध्यक्ष विनय कर्ण समेतको उपस्थीतिमा मृतक शोक सभा सम्पन्न भएको छ ।
मृतक मण्डल गएको चैत्र महिना मलेशिया गएको र विसौ दिनमा राति सुतेको अवश्थामै मृत्यु भएको थियो । सो कार्यक्रममा मृतकको आत्माका चिरशान्तिको लागि १ मिनेटको लागि मौन धारण गर्नुका साथै उनको परिवारले पाउने क्षतिपुर्तिको लागि आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाही तथा सुचना केन्द्र मलंगवाले पहल गरिरहेको कुरा संरक्षण केन्द्रका अध्यक्ष रामनाथ साहले जानकारी दिएको सहयोगि समाज नेपालका अशोक सिंहले बताए ।
कार्यक्रममा मौनधारण गरिदैं । |
No comments:
Post a Comment