नाटक प्रस्तुत गर्दै गरेका कलाकार र हेर्दै गरेका स्थानीय बासिन्दा । |
सर्लाही समाचारदाता
हरिवन, वैशाख २२ । सर्लाहीलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न टेवा पुर्याउने उद्धेश्यले हाल जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् ।
यसैक्रममा यूएन हेविटाटको आर्थिक सहयोगमा स्टयाण्डस् नेपाल तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा जिल्लाका त्रिभुवननगर, पर्सा, चन्द्रनगर, सग्रामपुर, जिगंडवा, लक्ष्मिपुर, ब्रम्हपुरी, बबरगंज तथा बेला गाविसमा सरसफाई सम्वन्धि विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाई सम्बन्धी सचेतनामूलक खौजडी भजन तथा सडक नाटक प्रर्दशन गरिएको ग्रामीण नारी उत्थान संघका कार्यक्रम संयोजक मदन बर्माले जानकारी दिए । बर्माका अनुसार कलाकारहरु श्री नवराज दाहाल तथा सुर्य प्रसाद चालिसेको संयूक्त टोलीका सदस्यहरुले कार्यक्रम प्रस्तुत गरेका थिए भने यूएन हेविटाटका जिल्ला संयोजक काशिकान्त ठाकुरले सरसफाई सम्वन्धि गित प्रस्तुत गरेका थिए ।
उक्त गाविसहरुमा लगभग ५ हजार स्थानीय बासिन्दा सहभागी भएको बताईएको छ । सन् २०१७ भित्र मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप सर्लाही जिल्लालाई भने विसं. २०७२ चैत्र मसान्त सम्ममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ ।
No comments:
Post a Comment