आगोबाट ट्रक ध्वस्त
सर्लाही समाचारदाता
बहथवा, असोज २१ । विद्युत सर्टका कारण भएको आगलागीबाट सोमबार बहथवामा गुड्दै गेको ट्रक ध्वस्त भएको छ ।
बहथवा बजारमा गुडिहेको ना. ४ ख ३१११ नम्बरको ट्रकको विद्युत वायरिङ सर्ट भए डिजेल ट्यांकीबाट आगो लाग्न सुरु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक अर्जुन केसीले बताए । आगलागीबाट ट्रक ध्वस्त भएको केसीले जानकारी दिए । मध्य बजारमा भएको आगलागीबाट बरहथवा बजारबासी भयभित बनेका थिए ।
साँझ साँढे ५ बजेतिर सुरु भएको ट्रकको आगो नियन्त्रणमा लिन पौने घण्टा लागेको प्रहरी निरीक्षक केसीले बताए । ‘‘बाल्टीन, गाग्रो लगायतबाट पानी ओसारेर आगो नियन्त्रणमा लियौं ।’’ प्रहरी निरीक्षक केसीले भने–‘‘समयमै नियन्त्रणमा लिन नसकेको भए बजार क्षेत्रमा आगो सल्कने डर थियो ।’’
आगलागीका क्रममा ट्रकमा रहेका १० वटा चक्का पड्किदा आसपासका बासिन्दा समेत विष्फोटक पदार्थ पड्केको अनुमानमा थप भयभित बनेका थिए । रुई बोकेर गुडिरहेको ट्रकमा एक्कासी आगो लाग्न सुरु भएपछि त्यसभित्र रहेका चालक, सहचालक लगायत सर्वसाधारणहरु भने भागेर बाँच्न सफल भएका थिए ।
No comments:
Post a Comment