सशस्त्रले समातेको पाडा लिलाम
सर्लाही समाचारदाता
सुन्दरपुर चुहड्वा, असोज २१ । सशस्त्र प्रहरीले समातेका भैंसीका पाडाहरु सोमबार लिलाम विक्री भएका छन् ।
२६ वटा पाडाहरु ९१ हजार १ सय ५० रुपैयामा लिलाम विक्री भएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी वेस क्याम्प सुन्दरपुर चुहड्वाले आइतबार राती १० बजे भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बरहथवा गाविस–९ पुरैनियाबाट २६ वटा पाडा नियन्त्रणमा लिएको थियो ।
भन्सार कार्यालयका कर्मचारी सहितको टोलीले सोमबार दिउँसो सुन्दरपुर चुहडवामै पुगेर पाडाहरु लिलाम विक्री गरेको हो । नियन्त्रणमा लिईएका पाडाहरु सोमबार विहान भन्सारको जिम्मा लगाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक भरत बस्नेतले बताए । क्वारेन्टाईन चेकजाँचको कागजपत्र र भन्सार लगायत तिरेको कागजपत्र नभएकाले पाडाहरु समातिएको सप्रउ बस्नेतले बताए ।
नजिकिदो चाडपर्वसँगै अवैध रुपले भारतबाट आयात र जिल्लाबाट निकासी हुने क्रम बढ्न थालेपछि सिमा क्षेत्रमा थप सकृयता बढाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
No comments:
Post a Comment