सरस्वतीलाई हराउँदै ब्वाइज यूनियन फाइनलमा
सर्लाही समाचारदाता
हरिवन, असोज २१ । हरिवनमा भईरहेको प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाईनल खेलमा सिम्रिक सरस्वती युवा क्लबलाई ट्राईबेकरमा हराउँदै ब्वाईज युनियन क्लब फाइनलमा प्रवेश गरेको छ ।
ट्राइबेकरमा १ का विरुद्ध ३ गोल गर्दै ब्वाइज युनियनले फाईनल यात्राको लागि सिट सुरक्षीत गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि जीत हारको निर्णय ट्राईबेकरमा पुगेको थियो ।
खेल सुरु भएको २५औं मिनेटमा ९ नम्बर जर्सीका विनोद लामाले पहिलो गोल गर्दै ब्वाईज युनियनलाई अग्रता दिलाएका थिए भने मध्यान्तर हुनु १ मिनेट अघि ४६औं मिनेटमा १८ नम्बर जर्सीका अफ्रिकियन मूलका खेलाडी नर्वोक किड्रिकले दोस्रो गोल थप्दै खेललाई २–० को स्थितीमा पु¥याएका थिए ।
मध्यान्तर पछि खेल सुरु भएको पाँच मिनेटमै ३१ नम्बर जर्सीका आजिजले गोल गर्दै सरस्वतीलाई बराबारीतर्फ डो¥याए भने सब्सिच्युट खेलाडी २४ नम्बर जर्सीका दिपेश श्रेष्ठले ६६औं मिनेटमा गरेको गोलले खेल बराबरी हुन पुगेको थियो । ३० नम्बर जर्सीका निक जोन रोवेन खेल सकिनु १० मिनेट अघि एकसाथ दुईवटा पहेलो कार्ड पाएर रातो कार्ड खाँदै बाहिरिएपछि १० जना खेलाडीमा सिमित हुन पुगेको ब्वाईज युनियन दवावमा परेको थियो । सो अवसरमा सरस्वतीका खेलाडीले निरन्तर पोष्ट प्रहार गरेपनि गोलको दिसा लिन सकेन र निर्धारित समय बराबरीमै टुंगीयो ।
मध्यान्तर अगाडी दुईगोलले अगाडी रहेको ब्वाईज युनियनलाई रोक्दै सरस्वतीका खेलाडीले खेल ट्राइबेकरमा पु¥याएपनि ट्राइबेकरमै प्रहारहरु खेर जाँदा उ निरास बन्न पुग्यो । ट्राइबेकरका क्रममा ब्वाईज युनियनका ३ जना खेलाडीले निरन्तर गोल गेका थिए भने सरस्वतीका इब्राइमको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यस्तै सरस्वतीका धिरज श्रेष्ठले प्रहार गरेको बल ब्वाईज युनियनका गोलकिपरले रोकेका थिए भने कुशल श्रेष्ठले प्रहार गरेको बल गोल पोष्ट नजिकैबाट बाहिरिएको थियो । ए डिभिजन लिग खेल्ने काठमाण्डौका दुवै टिमको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । दुवै टिमबाट अफ्रिकियन मूलका खेलाडीहरु समावेश रहेको खेल २–२ को बराबरी पछि थप रोमाञ्चक बनेको थियो । तीन हजार हाराहारी दर्शकहरु उपस्थित प्रतियोगिताको म्यान अफ दि म्याच सरस्वतीका अफ्रिकियन मूलका खेलाडी आजिजले हात पारे ।
जीतसँगै ब्वाईज युनियनले प्रतियोगितामा प्रथम पुस्कारबापत दिईने १ लाख रुपैयामा दावेदारी प्रस्तुत गरेको छ । फाईनल प्रतिस्पर्धामा ब्वाईज युनियनको भेट आयोजक न्यू हरिवन युवा क्लब रातो र हरैचा स्पोर्टस क्लब मोरङबीच मंगलबार हुने दोस्रो सेमिफाईनल खेलका विजेतासँग हुनेछ । राष्ट्रिय टोलीका प्रमुख स्ट्राईकर जुमानु राई सहित भोला सिलवाल लगायत राष्ट्रिय खेलाडीहरु आयोजक टिमबाट खेल्ने हुनाले मंगलबारको खेल थप रोमाञ्चक हुने न्यू हविन युवा क्लबका अध्यक्ष निरोज कार्कीले बताए ।
No comments:
Post a Comment