सर्लाहीको ६ क्षेत्रमा १६ दलमात्र भिड्ने
सर्लाही समाचारदाता
मलंगवा, असोज २० । आसन्न संविधान सभा निर्वाचनमा सर्लाहीमा उम्मेद्वारी मनोनयन गर्ने दलहरुको संख्या ५ दर्जनको हाराहारीमा भएपनि ६ वटै निर्वाचन क्षेत्रमा भने १६ वटा राजनैतिक दलहरुले मात्र आÇना उम्मेद्वार खडा गरेका छन् । ४ दलले ५ वटा क्षेत्रमा उम्मेद्वारी मनोनयन गराएका छन् भने ५ दलले ४ वटा मात्र क्षेत्रमा उम्मेद्वारी मनोनयन गराएका छन् । त्यस्तै एउटा दलले ३ वटा क्षेत्रमा उम्मेद्वारी मनोनयन गराएको छ भने ८ वटा दलले २ वटा क्षेत्रमा उम्मेद्वारी मनोनयन गराएका छन् । १ क्षेत्रमा मात्र उम्मेद्वारी मनोनयन गर्ने दलहरुको संख्या सबैभन्दा बढी २४ वटा रहेको छ ।
जिल्ला स्थित ६ वटै क्षेत्रमा उम्मेद्वारी मनोनयन गर्ने दलहरुमा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, संघीय समाजवादी पार्टी नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टीहरु रहेका छन् । त्यस्तै जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, सोसल रिपब्लिक पार्टी र नेपाल परिवार दलले पनि ५ वटै क्षेत्रमा उम्मेद्वारी मनोनयन गराएको छ ।
त्यसैगरी ५ वटा क्षेत्रमा उम्मेदवारी मनोनयन गराउनेमा मधेशी जन अधिकार फोरम गणतान्त्रिक (३ नं. छैन), मधेश तराई फोरम (३ छैन), राष्ट्रिय प्रजातन्त्र पार्टी (५ छैन), राष्ट्रिय शिवसेना पार्टी (५ छैन) रहेका छन् । त्यस्तै ४ वटा क्षेत्रमा उम्मेद्वारी मनोनयन गराउनेमा जनजागरण पार्टी नेपाल (५ र ६ नं. छैन), जनता पार्टी नेपाल (२ र ६ छैन) दलित जनजाती पार्टी (१ र ५ छैन), नेपाल सद्भावना पार्टी गजेन्द्रवादी (१ र २ छैन) र नेपाल सद्भावना पार्टी (१ र २ छैन) लगायत रहेका छन् । त्यस्तै नेपाली जनता दलले क्षेत्र नं. १, २ र ३ मा मात्र उम्मेद्वारी दिएको छ ।
त्यसैगरी २ वटा मात्र क्षेत्रमा उम्मेद्वारी दिने दलहरुमा संघीय गणतान्त्रिक समाजवादी पार्टी (क्षेत्र नं. १ र ३ मा उम्मेद्वारी छ), अखण्ड नेपाल पार्टी (१ र २ मा), सहकारी पार्टी नेपाल (१ र २ मा), ने.क.पा.(माले) (१ र २ मा), राष्ट्रिय जनता दल (२ र ३ मा), हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल (३ र ५ मा), राष्ट्रिय जनमुक्ति पार्टी (१ र ४ मा), नेकपा संयुक्त (३ र ६ मा) रहेका छन् ।
त्यस्तै एउटा क्षेत्रमा मात्र उम्मेद्वारी दिने दलहरुमा राष्ट्रिय जन दल (क्षेत्र नं. ३ मा उम्मेद्वारी छ), राष्ट्रिय एकता पार्टी (६ मा), राष्ट्रिय स्वाभिमान पार्टी (६ मा), जन प्रजातान्त्रिक पार्टी (६ मा), समाजवादी जनता पार्टी (५ मा), गरिब एकता समाज पार्टी नेपाल (५ मा), तराई मधेश हिमाल पहाड एकता पार्टी (५ मा), नेपाल जनता पार्टी (४ मा), जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स (४ मा) लगायत रहेका छन् ।
त्यस्तै नेपाल जनता दल (क्षेत्र नं. ३ मा उम्मेद्वारी दिएको), शिवसेना नेपाल (३ मा), चुरे भावर लोकतान्त्रिक पार्टी (३ मा), मंगोल अर्गनाइजेशन (३ मा), राष्ट्रिय जन विकास पार्टी (१ मा), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल (२ मा) राष्ट्रिय जनमोर्चा (२ मा), नेपाल राष्ट्रिय विकास पार्टी (२ मा) र नेपाल सद्भावना पार्टी सरिता (२ मा) ले एउटा क्षेत्रमा मात्र उम्मेद्वारी मनोनयन गराएको छ । त्यसैगरी एउटा क्षेत्रमा मात्र उम्मेद्वारी मनोनयन गराउने अन्य दलहरुमा चुरे भावर राष्ट्रिय पार्टी (क्षेत्र नं. २ मा), रा.म.बहुजन समाजवादी पार्टी (१ मा), ने.क.पा. (१ मा), मातृभूमि नेपाल पार्टी (१ मा), तामाङ्सालिन राष्ट्रिय एकता पार्टी (१ मा) र राष्ट्रिय चुरे भावर पार्टी (१ मा) रहेका छन् ।
पार्टीको नामहरु छोटकरीमा लेख्दा र कतिपय पार्टीकै उम्मेद्वारहरुले पनि हतारमा स्वतन्त्र लेखेकाले सर्लाहीमा उम्मेद्वार मनोनयन गर्ने दलहरुको संख्या एकिन हुन सोमबारसम्म लाग्ने निर्वाचन आयोगले जनाएको छ । असोज २१ सोमबार उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment