सर्लाही समाचारदाता
वाराउद्योरण, चैत १८ । भारतसँग सीमा जोडिएको बहादुरपुरमा उखु क्रसरको फित्तामा बेरिएर एक वृद्धको ज्यान गएको छ । बाराउद्योरण गाविस वडा नम्वर १ बेल्वा घर भएका ७० वर्षीय बृद्ध बेचन सिंहको ज्यान गएको हो ।
उखु पेलेको रस खाने क्रममा सिंहले लगाएको धोती फित्तामा बेरिएपछि उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना पश्चात उखु क्रसरका सञ्चालक सुन्दरपुरचुहर्वा गाविस वडा नम्वर ३ का रामआश्रय महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment