Monday, October 7, 2013

चौतारीले कलाकार ल्याउने

चौतारीले कलाकार ल्याउने
सर्लाही समाचारदाता
हरिवन, असोज २० । चौतारी युवा समूह हरिवनले विजया दशमीको अवसरमा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आगामी आइतबार महानवमीको दिन उमावि हरिवनको प्रांगणमा खुल्ला नृत्य प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको समूहका उपाध्यक्ष महेश बरालले बताए ।
कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको समेत उपस्थिती रहने बरालले दावी गरेका छन् । समूहले हरेक वर्ष विजया दशमीको अवसरमा साँस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।

No comments:

Post a Comment